शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिप्रोक्स लघुवित्तले गर्‍यो लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
डिप्रोक्स लघुवित्तले गर्‍यो लाभांश घोषणा

लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

 लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) घोषणा गरेको छ।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।

 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend