काठमाडौं- साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसुचक घटेर बन्द भएको छ।
आज नेप्से परिसुचक ५.०३ अंकले घटेर २६०६.२० विन्दुमा झरेको हो।
आज ३ सय २९ कम्पनीको ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३ सय ७३ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले घटेको छ।
आजको कारोबारमा ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। झापा इनर्जीको सेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ।
आज १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आजको कारोबारमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।