शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिटिजन लाइफकाे नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
सिटिजन लाइफकाे नगद लाभांश घोषणा

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअघि सिटिजन लाइफ इन्स्योरेन्सले अघिल्लाे आवको सञ्चित मुनाफाबाट २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत लाभांश  प्रदान गरेको थियो। 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 

 


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend