शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जम्बो लेबनाङले ल्यायो नारी विशेष अफर

मंगलबार, फागुन २४ २०७८
जम्बो लेबनाङले ल्यायो नारी विशेष अफर

काठमाडौं- लेबनाङ ब्रान्डका विद्युतीय स्कुटरको आधिकारीक विक्रेता जम्बो इको भेइकलले आज विश्व नारी दिवसको अवसरमा विशेष छुट दिएको छ। यस योजना अन्तर्गत नारीको नाममा बुकिङ वा खरिद गरेमा प्रतेक स्कुटरमा २० हजारसम्म नगद छुट प्रदान गरिएको छ।

नारी शसक्तिकरण एवं आत्मनिर्भरताको लागि आफ्ना सवारीसाधन भत्रे धेयका साथ प्रदान गरिने उक्त अफरको फाइदा इलेक्ट्रिकल स्कुटर खरिद गर्न चाहने परिवारले लिन सक्ने छन्। 

त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको जम्बो इको भेइकलले विगत लामो समयदेखि लेबनाङ तथा एमडीकेए ब्राण्डका ईलेक्ट्रिकल स्कुटरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, नारायणघाट, भरतपुर, कावासोती, बुटवल, कपिलवस्तुलगायत देशका धेरै सहरहरुबाट बिक्री गर्दै आएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकारी दिए।

हफ्तैपिछे बढ्दो पेट्रोलको दामको मारबाट बच्न विद्युतीय सवारी साधन एक उत्तम विकल्प रहेको हो। सामान्य हिसाब गर्दा करिब दुई-तिन वर्षसम्म पेट्रोलको लागि तिर्ने पैसाको बचत मात्रले पनी नयाँ इलेक्ट्रिकल स्कुटरको पैसाले असुल गरिसक्ने कम्पनीले दाबी गरेको छ। 

१५०० वाट, २००० वाट र ३००० वाटमा उपलब्ध इलेक्ट्रिकल स्कुटरहरु मोबाइल जसरी सजिलै घर भित्रै चार्ज गर्न सकिने छ। उक्त स्कुटरमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ।


प्रकाशित : मंगलबार, फागुन २४ २०७८११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend