शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक रहन पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक रहन पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं- कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ।

विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन, २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो। यसअघि पटक-पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो। 

‘केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुद यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानूनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ,’ विभागको निर्देशनमा भनिएको छ।

त्यस्तै, सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरूले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षण गरी यो व्यवस्था कार्यान्वयन भए-नभएको जाँच गर्नसमेत विभागले निर्देशन दिएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१५:२२
  • सम्बन्धित विषय:

  • # सहकारी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend