आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार

काठमाडाैं- यो साता आइतबार २१.४८ अंक र सोमबार ३.०२ अंकले घटेको सेयर बजार आज मंगलबार सामान्य बढेको छ। 

मंगलबार ७.३९ अंकले बढेर बजार २६१४.०७ बिन्दुमा पुगेको छ। ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको कारोबार भएको बजारमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ। १०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

मंगलबार स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्री र माथिल्लो मैलुङखोला जलविद्युतको सेयर सर्किट लेभलमा कारोबार भएको छ।  

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिएका देखिन्छन् भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरिरहेका छन्।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही वर्ष साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend