काठमाडाैं- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाइ गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएकाे छ ।
कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो।
कम्पनीले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेकम्पनीले जनाएकाे छ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ भने हाल कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।
साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने बैठकले निर्णय गरेको छ। बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।