आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

सोमबार, मंसिर २२ २०८२
३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

३ सय ३१ कम्पनीको एक करोड १ लाख ४६ हजार ४ सय कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ।

काठमाडाैं- यो साता आइतबार २१.४८ अंकले घटेको सेयर बजार आज सोमबार पनि सामान्य ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा झरेको हो।

आजको कारोबारमा ३ सय ३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम पछिल्ला केही दिनयताको तथ्यांकअनुसार कम हो। आइतबार ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको थियो। 

आज सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ।

आजको कारोबारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

इंगवा हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक यसदिन सर्वाधिक १.१८ प्रतिशत घटेको छ।


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend