शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौंमा प्रदर्शनी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौंमा प्रदर्शनी

भोजपुर- टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश-विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौंमा विशेष प्रदर्शनी आयोजना गरेको छ।

स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो। 

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य छ। 

प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिकाका पहिचानयुक्त उत्पादन प्रदर्शन गरिएको अध्यक्ष बस्नेतले बताए। रासस


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend