आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४ अर्ब ५३ करोड  मुद्दति निक्षेपमा लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४ अर्ब ५३ करोड  मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं- राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। 

केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को समय दिएर आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा बाँडफाँड गर्ने योजना बनाएको छ।

यो लगानी सन् २०२५ डिसेम्बर १४ देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

निक्षेप लिन इच्छुक संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्नेछ र राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ। 

निष्क्रिय कर्जा  कुल कर्जाको पाँच प्रतिशतभन्दा कम हुनुपर्नेछ भने  खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेछ। 
साथै, कर्जा, निक्षेप र प्राथमिक पूँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ। 


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend