शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चर्को भयो खुर्सानीको मूल्य, एक महिनामै ११५ रुपैयाँ बढ्यो

मंगलबार, फागुन २४ २०७८
चर्को भयो खुर्सानीको मूल्य, एक महिनामै ११५ रुपैयाँ बढ्यो

गतवर्ष यही समयमा किलोको ९५ रुपैयाँ रहेको खुर्सानी अहिले २१० रुपैयाँमा कारोबार भएको हो। 

काठमाडौं- खुर्सानीको मूल्य एक महिनामै दुई गुनाभन्दा बढीले बढेको छ। एक महिनाकै बीचमा हरियो खुर्सानीको मूल्य किलोमा ११५ रुपैयाँले बढेको छ। गत महिना प्रतिकेजी ९५ रुपैयाँ रहेको हरियो खुर्सानी अहिले २१० रुपैयाँ भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले खुर्सानीको मूल्य दुई गुनाभन्दा बढीले बढेको जानकारी दिए। उनका अनुसार मंगलबार हरियो खुर्सानी प्रतिकेजी २१० रुपैयाँ रहेको छ।

अहिले नेपाली खुर्सानी उत्पादन ठप्प रहेकोले महँगी बढेको उनले बताए। ‘नेपालमा अहिले खुर्सानी सबै भारतबाट आयत हुन्छ,’ श्रेष्ठले भने।

गतवर्ष पनि यो समयमा हरियो खुर्सानीको मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको थियो। कालीमाटीमा गतवर्ष यही समयमा किलोको ९५ रुपैयाँ रहेको खुर्सानी अहिले २१० रुपैयाँमा कारोबार भएको हो। 

खुर्सानीको मूल्य कति? 

अहिले-

हरियो - २१० रुपैयाँ

हरियो माखे - ९५ रुपैयाँ

सुकेको - ३९० रुपैयाँ

एक महिनाअघिको मूल्य- 

अकबरे - ३७५ रुपैयाँ

हरियो - ९५ रुपैयाँ

सुकेके - ३१० रुपैयाँ 

माखे - ९५ रुपैयाँ


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend