काठमाडौं- अघिल्लो साता लगातार घटेर बन्द भएको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ।
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा झरेको हो।
गएको साता पहिलो कारोबारमा आइतबार २६.५१ अंक र सोमबार ४.२८ अंक र मंगलबार ०.५३ अंकले घटेको बजार बुधबार पनि १३.५२ अंकले ओरालोतिर नै लागेको थियो।
आज आइतबारको कारोबारमा ३ सय २५ कम्पनीको एक करोड ७ लाख १८ हजार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.६० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेको छ। आजको कारोबारमा ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्र्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज १३ उपसमूहमध्ये यसदिन सबै उपसमूहको परिसूचक घटेका छन्। यसदिन हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ।
साताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ बिन्दुमा झरेको थियो।