काठमाडौं- कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कुरी बजारदेखि कालिञ्चोक भगवतीको मन्दिरसम्म केबुलकार सञ्चालन गरिरहेको छ।
मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश वितरण गर्ने कम्पनीले जनाएकाएकाे छ।