आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मंसिर २२ गतेदेखि आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मंसिर २२ गतेदेखि आवेदन दिन सकिने

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।अनुमति पएको कित्ताको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

काठमाडौं-रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले मंसिर २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो। 

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।अनुमति पएको कित्ताको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा मंसिर २२ गतेदेखि मंसिर २५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ। यस अवधिभित्र माग बमोजिम आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन अवधि लम्बिनेछ। यो अवधिभित्र पनि पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनिले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो शेयर’ एप प्रयोग गरी अनलाइन मार्फत् सजिलै आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा ९१३० को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा ९१४० बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिसेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ।  लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। यो आईपीओमा १० कित्ताकाे लागि आवेदन दिंदा कम्तीमा पनि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend