शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्कोडाको नयाँ सोरुम पोखरामा 

मंगलबार, फागुन २४ २०७८
स्कोडाको नयाँ सोरुम पोखरामा 

पोखरा- स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयूभीको बिक्रीका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो। 

एमएडब्लूले सन् २००८ देखि स्कोडा कार नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्फर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन्। 

देशभर स्कोडा कारको उपलब्धता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। यसैअनुरुप एमएडब्लूले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको हो। 

सोमबार एक कार्यक्रमबीच नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले सोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे। 

कार्यक्रममा कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न सोरुम र वर्कसप स्थापना भएको बताए। ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उनले भने।

नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे। ग्राहकमुखी सेवाप्रति प्रतिवद्ध रहँदै कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ। 

पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए।


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend