शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्दै कृषि सामग्री कम्पनी

मंगलबार, फागुन २४ २०७८
५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्दै कृषि सामग्री कम्पनी

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिक टन रासयनिक मल खरिद गर्ने भएको छ। कम्पनीले ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न लागेको हो।

मल खरिदका लागि कम्पनीले टेन्डर गरेको छ। कम्पनीले अप्रिल ५ सम्म टेन्डर सहभागी हुनेगरी सूचना प्रकाशन गरेको हो। हरेक वर्ष मल अभावको विषय आउने गरेको छ। मल समयमा ल्याउन नसक्दा किसानले समेत बाली लगाउने बेलामा मल पाउन सकेका छैनन्।

मल समस्या निराकरणकै लागि सरकारले भारतसँग पनि जीटुजीसमेत गरेको छ। कम्पनीले मल अभावको समस्या आउन नदिन समयमै मल खरिद गर्न लागेको जनाएको छ।

mal.jpg


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend