शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तनहुँमा धान उत्पादन बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १९ २०८२
तनहुँमा धान उत्पादन बढ्यो

६ हजार ३ सय ४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने ७ हजार २ सय ३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ।

तनहुँ- यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४ सय २२ मेट्रिक टन धान उत्पादन भएको छ। 

आठ हजार ५ सय १२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्। गत आर्थिक वर्षमा आठ हजार १ सय २० हेक्टरमा खेती गरिएकामा ३३ हजार २ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो। 

जिल्लाको १३ हजार ५ सय ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए। छ हजार ३ सय ४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २ सय ३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ। हालैको बेमौसमी वर्षाले एक करोड बराबरको क्षति भएको उनले बताए। रासस 


प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend