काठमाडौं- यो साताको पहिलो कारोबारमा आइतबार २६.५१ अंक र दोस्रो कारोबारमा सोमबार ४.२८ अंकले घटेको सेयर बजार साताको तेस्रो कारोबारमा आज मंगलबार स्थिर देखिएको छ।
आज मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर बन्द भएको छ। आजको कारोबारमा ३ सय २४ कम्पनीको एक करोड ८ लाख १० हजार १ सय ६ कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १ सय ४९ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंकले घटेको छ।
आजको कारोबारमा ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी माबिलुङ् इनर्जी बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। विकास हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। ग्रीन भेन्चर्सको सेयरमूल्य यस दिन सर्वाधिक ९.८५ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी उपसमूहको परिसूचक सामान्य घटेको हो।