आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १५ २०८२
कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

नेपाल राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलरमार्फत् अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ।

बोर्डले बैंकलाई १०० अंकित दरको ३५ लाख कित्ता अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

अग्राधिकार सेयरमा ९ प्रतिशत लाभांश दर तोकिएको छ। विकास बैंकको १८ औँ वार्षिक साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित भएपछि नेपाल राष्ट्र बैंकको समेत स्वीकृती लिई धितोपत्र बोर्ड समक्ष निवेदन पेस गरिएको थियो। सोही निवेदनका आधारमा बोर्डले हालै निष्कासनको लागि अनुमति दिएको हो।

बैंकले उक्त अग्राधिकार सेयर जारी गरेसँगै आफ्नो पुँजीगत संरचना थप सुदृढ भइ पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसरसमेत बढ्ने जनाएको छ। बैंकका अनुसार हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने यो अग्राधिकार सेयरमा लगानीको लागि उचित माध्यम हुनेछ।

नेपाल राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलरमार्फत् अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो।

प्रकाशित : सोमबार, मंसिर १५ २०८२१६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend