काठमाडाै- नेपाल राष्ट्र बैंकले बाढी-पहिरो प्रभावित जिल्लामा एक पटककोलागि कर्जा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको छ।
मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले १० प्रतिशत ब्याजदर लिनेगरी पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो।
‘हालैको बाढी-पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम-व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनर्संरचना-पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ मौद्रिक समीक्षामा भनिएको छ।