आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

ब्याजदर थप घटाएर कर्जा बढाउने नीतिमा राष्ट्र बैंक, व्यक्तिगत ओभरड्राफ्टको सीमा बढ्यो

सोमबार, मंसिर १५ २०८२
ब्याजदर थप घटाएर कर्जा बढाउने नीतिमा राष्ट्र बैंक, व्यक्तिगत ओभरड्राफ्टको सीमा बढ्यो

मौद्रिक समिक्षा मार्फत ब्याजदर घटेकाले बैंकहरुले मंसिर महिनामा ब्याजदर पुनरावलोकन गर्नसक्ने भएका छन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर अन्तर्गतको नीतिगत दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ब्याजदर थप घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई स्पेस दिएको छ।

मौद्रिक समीक्षा मार्फत ब्याजदर घटेकाले बैंकहरुले मंसिर महिनामा ब्याजदर पुनरावलोकन गर्नसक्ने भएका छन्।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै बैंकहरुले मंसिर महिनामा नै २ पटकसम्म ब्याजदर परिवर्तन गर्नसक्ने सुविधा पाएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुलाई थप ब्याजदर घटाएर कर्जा लगानी बढाउने सन्देश राष्ट्र बैंकले मौद्रिक समीक्षा मार्फत दिएको छ। 

अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले पछिल्लो समय कर्जा लगानी विस्तार भइरहेको छैनन्। यसैबीच राष्ट्र बैंकले मूल्य थप घटाएर भएपनि लगानी बढाउन बैंकलाई मौद्रिक नीतिमार्फत सन्देश दिएको छ।

कर्जा प्रवाह बढाउनका लागि राष्ट्र बैंक ओभरड्राफ्ट कर्जामा चलक भएको छ। व्यक्तिगत ओभरड्राफ्टको यसअघिको सीमा ५० लाखलाई बढाएर १ करोड पुर्याएको छ। यस्तै लघुवित्त वित्तीय संस्थाबाट लिन पाउने कर्जाको ७ लाखबाट बढाएर १५ लाख पुर्याएको छ। 

ओभरड्राफ्ट कर्जाको सीमा बढाएकाले बैंक तथा वित्तीय संस्थाको लगानी सेयर बजारतर्फ समेत जाने आँकलन गर्न सकिन्छ। 


प्रकाशित : सोमबार, मंसिर १५ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend