काठमाडाै-राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिनेकर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गर्ने भएको छ।
बैंक तथा वित्तिय संस्थासंग निक्षेप थुप्रिएसँगै कर्जा प्रवाह बढाउन १५ ग्रामीण क्षेत्रसम्म पहुँच भएका लघुवित्तले १५ लाख रुपैयाँ कर्जा प्रवाह गर्न पाउने भएका हुन्।
लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाउने भएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिने भएको छ।