आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी घटाउने

सोमबार, मंसिर १५ २०८२
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी घटाउने

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएकोछ।

काठमाडा‌ै‌ - नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी घटाउने नीति ल्याएको छ। 

पहिलो त्रैमासको मौद्रिक समिक्षागर्दै ब्याजदर करिडोरको घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा  कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ। 

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम
राखिएकोछ।

त्यसबाहेक, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम
गरिएकोछ।

त्यसैगरि संस्थागत मुद्दतीको विभेद हटेको छ। राष्ट्र बैंकले व्यक्ति र संस्थाको निक्षेपको ब्याजदर प्रतिस्पर्धी हुने व्यवस्था गरेको हो। 

पहिलो त्रैमामसिक मौद्रिक समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिदिएको छ।


प्रकाशित : सोमबार, मंसिर १५ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend