काठमाडाै- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार आज बोर्डले मौद्रिक नीति समीक्षा पारित गरेपछि सार्वजनिक हुनेछ। मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकले बोर्ड बैठक पनि बाेलाएकाे छ।
पहिलो त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेका कारण पनि केन्द्रीय बैंकले आज मंसिर १५ गते मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने भएको हो।