काठमाडाैं- गएको साता समग्रमा ११२.५ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार घटेको छ। २६.५१ अंकले घटेर बजार २६४९.५२ बिन्दुमा पुगेको छ।
आज आइतबार ३ सय ४२ कम्पनीको एक करोड ५७ लाख ३६ हजार ३ सय ७२ कित्ता सेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४ सय ३३ रुपैयाँमा कारोबार भएको छ। ४५ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ।
गएको साताको पहिले कारोबारमा आइतबार ३९.९२ अंकले बढेको बजार सोमबार ४७.२२ अंक, मंगलबार ५.३२ अंक, बुधबार ९.६१ अंक र बिहीबार १०.४३ अंकले बढेको थियो।
आज आइतबार सेन्सेटिभ इण्डेक्स १.०१ फ्लोट इण्डेक्स १.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेको छ। म्युचुअल फण्ड म्यानुफ्याक्चरिङ बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ।
आज सागर डिस्टिलरीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ। आजको कारोबारमा १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ८.९९ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।
लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ। त्यस्तै यस दिन बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।