आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

घोराही सिमेन्टले १० प्रतिशत बोनस सेयर दिने

आइतबार, मंसिर १४ २०८२
घोराही सिमेन्टले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं- घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा बोनस कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभामा पेस गर्नेछ। सभा दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

यससँगै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, चुक्ता पुँजी र सञ्चित मुनाफाको रकमभन्दा बढीका बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण स्वीकृत गर्ने, संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने र नयाँ लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावमा छलफल तथा निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


प्रकाशित : आइतबार, मंसिर १४ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend