आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ।

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार, काठमाडौंमा सम्पन्न भएको छ।

यस अवसरमा आ‍‍ .व. २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ।

बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ। 

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८१-८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४,७६९,०१२,९६६- को ५ प्रतिशतले  हुने ७३८,४५०,६४८.३० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३८,८६५,८२३.५९ सहित जम्मा रु. ७७७,३१६,४७१.८९ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५-६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

बै‌कले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१५:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend