आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

यस पेमेन्ट गेटवेले थ्री डी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ।

काठमाडौं-एनएमबि बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ।

पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि प्राप्त गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिजा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो। 

यस पेमेन्ट गेटवेले थ्री डी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ। 

राष्ट्रिय तथा अन्तराष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन्।  

एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि ईसीसी, आईपीएस्, आरएसपी, नेपाल पे  क्यूआर, कनेक्टआईपीएस, कर्पोरेट पे लगायतका सेवाहरु प्रदान गर्दै आएकोमा अब ई–कमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो।  

एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ।

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ।  एनएमबि बैंकले ७७ जिल्लामा २०२ शाखा कार्यालय, १८४ एटिएम, ९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend