सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नबिल बैंक र नेपाल इन बिजनेस - ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
नबिल बैंक र नेपाल इन बिजनेस - ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ।

काठमाडौं- नबिल बैंक र नेपाल इन बिजनेस- ग्रोथ अड्भाइजर्स (एनआइबी-जीए)बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ। 

साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ। 

कार्यक्रममा फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ) ले एनआइबी-जीए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउने जनाएको छ। बिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए। 

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ। बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ। एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ।

एनआइबी-जीए पाँच वर्षे परियोजना हो। परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ। 

नबिलले बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ।
 


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend