आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सेयर बजारमा साताभर हरियाली, ११२ अंकले बढ्यो

बिहीबार , मंसिर ११ २०८२
सेयर बजारमा साताभर हरियाली, ११२ अंकले बढ्यो

काठमाडौं- लगातार बढिरहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि बढेर बन्द भएको छ। गएको साता १४.४२ अंकले बढेको सेयर बजार यो साता समग्रमा ११२.५ अंकले बढेको छ। 

आज सेयर बजार परिसूचक नेप्से १०.४३ अंकले बढेर बन्द भएको हो। ३ सय ३१ कम्पनीको एक करोड ४६ लाख ९३ हजार ८ सय ७ कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १ सय ४३ रुपैयाँको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले बढेको छ।

यस दिन बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.७८ प्रतिशत घटेको छ।

साताको पहिले कारोबारका दिन गएको आइतबार ३९.९२ अंकले बजार बढेको थियो। सोमबार ४७.२२ अंकले बढेको बजार मंगलबार पनि ५.३२ अंकले हरियालीतर्फ नै लागेको थियो। बुधबार पनि नेप्से ९.६१ अंकले बढेको थियो।

आउँदो चुनावसम्म बजारले थप गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा पर्ख र हेरको अवस्थामा लगानीकर्ता केही विश्वस्त देखिएका छन्।


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend