आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सेयर बजारमा लगातार हरियाली, नेप्से परिसूचक ९ अंकले बढ्यो

बुधबार, मंसिर १० २०८२
सेयर बजारमा लगातार हरियाली, नेप्से परिसूचक ९ अंकले बढ्यो

काठमाडौं- लगातार बढिरहेको नेप्से परिसूचक आज बुधबार पनि बढेर बन्द भएको छ। साताको चौथो दिन सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर बन्द भएको छ।

आज ३ सय २२ कम्पनीको एक करोड ३६ लाख २० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

आजको कारोबारमा रिभर फल्स पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ भने माहुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

बोटलर्स नेपालको सेयरमूल्य बुधबार ३.९४ प्रतिशतले घटेको छ। यसदिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

साताको पहिले कारोबारका दिन गएको आइतबार ३९.९२ अंकले बजार बढेको थियो। सोमबार ५०.४४ अंकले बढेको बजार मंगलबार पनि ५.३२ अंकले हरियालीतर्फ नै लागेको थियो। 


प्रकाशित : बुधबार, मंसिर १० २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend