शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भक्तपुरको राधे राधेमा हुन्डाईको सुविधा सम्पन्न सोरुम 

सोमबार, फागुन २३ २०७८
भक्तपुरको राधे राधेमा हुन्डाईको सुविधा सम्पन्न सोरुम 

काठमाडौं- नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। भक्तपुरमा खुलेको नयाँ सोरुम सहित देशभर हुन्डाईको सोरुमको संख्या १५ पुगेको छ। 

कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ सोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्ने कम्पनीले जनाएको छ। भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ सोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ।

भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी सञ्चालनमा ल्याएको यस सोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ। 

अन्य सोरुममा जस्तै कम्पनीले राधे राधे सोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने उल्लेख गरेको छ। यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने छन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा सोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ। हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो। हुन्डाईले उत्कृष्ट गुणस्तर तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ। लक्ष्मी कन्टिनेन्टलले ती नै गाडी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend