शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बारीभरि लटरम्मै किवीपाक्दा किसान रमाए

शनिबार, मंसिर ६ २०८२
बारीभरि लटरम्मै किवीपाक्दा किसान रमाए

गाउँमै सबैभन्दापहिले किवी खेती सुरु गरेका किसान कामीराम गुरुङले पनि दुई रोपनीमा किवी फलाएका छन्। गतवर्ष एक क्वीण्टल बेचेको भन्दै उनी यसपटक पनि त्योभन्दा धेरै बेच्ने योजनामा छन्।

गोरखा- बारीभरि लटरम्मै किवीपाक्नथालेपछि उत्तरी गोरखाको धार्चे-२ रुञ्चेतका किसानहरू दंग छन्। किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँ काकिसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन्।

'हाम्रो गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किवीलगाएका छन्', स्थानीय वीरबहादुर गुरुङले भने, ‘कसैले एक, दुई रोपनीमा लगाएका छन्। कसैले १२, १३ रोपनीमा पनि लगाएका छन्। मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्वीण्टलै बेचेँ। अहिले पनि त्योभन्दा राम्रो भएको छ।’ गाउँका किसानले एक क्वीण्टलदेखि १२-१५ क्वीण्टलसम्म किवी उत्पादन गर्ने गरेका उनको भनाइ छ।

गाउँमै सबैभन्दापहिले किवी खेती सुरु गरेका किसान कामीराम गुरुङले पनि दुई रोपनीमा किवी फलाएका छन्। गतवर्ष एक क्वीण्टल बेचेको भन्दै उनी यसपटक पनि त्योभन्दा धेरै बेच्ने योजनामा छन्।

हावापानी सुहाउँदो भएकाले विगत आठ वर्षदेखि व्यवसायिक रूपमा किवी खेती गर्न थालेको उनको भनाइ छ।

सुरुका वर्षमा बजारको समस्या भए पनि गतवर्ष यता व्यापारीसँग सम्पर्क भएपछि बजारको समस्या छैन। तर बजारसम्म पुर्‍याउने बाटोको भने समस्या भएको कामीराम गुरुङको भनाइ छ।

यसवर्ष बेमौसमी वर्षापछिको पहिरोले बाटोको समस्या बनाएको उनको भनाइ छ। ‘यसपटक पहिरोले साह्रै समस्या बनायो। दुई पटकसम्म पहिरो मर्मत गरेपनि गतकात्तिक पहिलो हप्ता परेको वर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिगार्‍यो’, उनले भने, 'डोकोमाबोकेर साध्यै छैन। कसरी बजारसम्म पुर्‍याउने भन्ने समस्या भयो।'

फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा लगाएपछि गाउँले त्यसतर्फ आकर्षित भएका थिए। अहिले सबैको बारीभरि किबी लटरम्मै फलेको छ। 

किसानको किवी बजारसम्म पुर्‍याउन बाटोको समस्या भएको वडाअध्यक्ष सरोज गुरुङको भनाइ छ। ‘हामीले सडक मर्मत गर्न सकेसम्म पहल गरिरहेका छौँ’, उनले भने, ‘यसअघि पनि दुई पटकसम्म मर्मत गरेको हो। फेरि पनि बनाउँछौँ।’ रासस


प्रकाशित : शनिबार, मंसिर ६ २०८२१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend