शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ब्याट्री उत्पादकको ‘वार’ : क्षमताका आधारमा १० ठूला उत्पादक देश, २०२५ पछि को शक्तिशाली?

सोमबार, फागुन २३ २०७८
ब्याट्री उत्पादकको ‘वार’ : क्षमताका आधारमा १० ठूला उत्पादक देश, २०२५ पछि को शक्तिशाली?

विद्युतीय सवारीको उत्पादन तथा प्रयोग व्यापक रुपमा बढ्दै गएकाले २०३० सम्म यसको माग ९ हजार ३ सय गिगावाट आवर (जीडब्लूएच) पुग्ने अनुमान गरिएको छ। यो २०२० को तुलनामा १६ सय प्रतिशत धेरै भएको भिजुअल क्यापिटालिस्ट जनाएको छ।

काठमाडौं- विश्व आईसीई (इन्धनबाट चल्ने सवारी) युक्त सवारीको विकल्प स्वीकार गरेर अघि बढिसकेको छ। आईसीई सवारीले प्रदूषण धेरै गर्ने भएकाले पृथ्वीमा तापमान बढेको निष्कर्षसहित विश्वले शून्य प्रदूषण सवारीलाई विकल्पका रुपमा लिइसकेको छ। 

हाललाई आईसीई इन्जिनको विकल्पमा ब्याट्रीमा आधारित विद्युतीय सवारी नै विकल्पका रुपमा आइसकेको छ। त्यसैले विश्वभरका आईसी इन्जिनमा आधारित सवारी उत्पादहरू पनि विद्युतीय सवारी उत्पादनमा अर्बौं डलर लगानी गरिरहेको छन्। त्यस्तै कयौं उत्पादकले विद्युतीय सवारी बजारमा ल्याइपनि सकेका छन्। 

त्यसैगरी टेस्ला, लुसिडलगायत सयौं ईभी स्टार्टअप उदाएका छन् भने कयौँले ठूलो लगानी गरिरहेका छन्। विद्युतीय सवारीको ‘ब्याक बोन’ को रुपमा ब्याट्रीलाई लिइन्छ। विद्युतीय सवारीको उत्पादन लागतमा ब्याट्रीको हिस्सा ५० देखि ६० प्रतिशत छ। त्यसैले विद्युतीय सवारीमय अबको समयमा ब्याट्री उत्पादकहरू शक्तिशाली हुने छन्। 

विद्युतीय सवारीको उत्पादन तथा प्रयोग व्यापक रुपमा बढ्दै गएकाले २०३० सम्म यसको माग ९ हजार ३ सय गिगावाट आवर (जीडब्लूएच) पुग्ने अनुमान गरिएको छ। यो २०२० को तुलनामा १६ सय प्रतिशत धेरै भएको भिजुअल क्यापिटालिस्ट जनाएको छ। 

फोसिल फ्युल सवारीबाट विद्युतीयमा जान हरेक देशले गर्ने ब्याट्री उत्पादन क्षमता विस्तारले समेत ठूलो अर्थ राख्ने छ। विद्युतीय सवारीको ब्याट्री उत्पादनको दौडमा कुन देश अघि छ? यी हुन् समकालीन विश्वमा सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने १० देशहरू :

- सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने देशको पहिलो स्थानमा चीन रहेको छ। २०२१ मा चीनले ५ सय ५८ जीडब्लूएच ब्याट्री उत्पादन गरेको हो। यो विश्वभर उत्पादित ब्याट्रीको ७९ प्रतिशत हो। 

- दोस्रो स्थानमा रहेको अमेरिकाको हिस्सा ६.२ प्रतिशत मात्र रहेको छ। २०२१ मा अमेरिकाले ४४ जीडब्लूएच ब्याट्री उत्पादन गरेको थियो।

- तेस्रो स्थानमा रहेको हंगेरीले २८ जीडब्लूएच ब्याट्री उतपादन गर्दा उसको हिस्सा ४ प्रतिशत रहेको छ। 

- चौथोमा रहेको पोल्यान्डले २२ जीडब्लूएच (३.१ प्रतिशत)

- पाँचौंमा दक्षिण कोरियाले १८ जीडब्लूएच (२.५ प्रतिशत)

- छैठौँमा जापान १७ जीडब्लूएच (२.४ प्रतिशत)

- सातौंमा जर्मनी ११ जीडब्लूएच (१.६ प्रतिशत)

- आठौंमा स्वीडेनजीडब्लूएच (०.६ प्रतिशत)

- नवौंमा बेलायत २ जीडब्लूएच (०.३ प्रतिशत)

- दशौंमा अस्ट्रेलियाले १ जीडब्लूएच ब्याट्री उत्पादन गर्दा ०.१ प्रतिशत हिस्सा ओगटेको छ।

यी १० देशबाहेक बाँकी विश्वका देशहरूलेजीडब्लूएच ब्याट्री उत्पादनसहित ०.१ प्रतिशत हिस्ला लिएको छन्। २०२१ मा विश्वभर ७ सय ६ जीडब्लूएच ब्याट्री उत्पादन भएको थियो।

यो तथ्यांकका आधारमा चीनले विश्वभर खपत भएको लिथियम आयन ब्याट्री उत्पादनमा करिब ८० प्रतिशत हिस्सा ओगटेको छ। चीनको तुलनामा अमेरिका कयौं गुणा पछाडि छ, अर्थात उसको हिस्सा जम्मा ६ प्रतिशत (४४ जीडब्लूएच) छ। त्यसमा पनि टेस्ला र पानासोनिकले संयुक्त रुपमा ३७ जीडब्लूएच उत्पादन गरिरहेका छन्। 

२०२१ मा सम्पूर्ण युरोपेली देशले ६८ जीडब्लूएच अर्थात करिब १० प्रतिशत ब्याट्री उत्पादन गरेको तथ्यांंक छ। 

सन् २०२५ सम्ममा पुग्दा २०२१ मा उत्पादन भएको तुलनामा ब्याट्री उत्पादन दोबरभन्दा धेरै हुने प्रक्षेपण एसएन्डपी ग्लोबल मार्केट इन्टेलिजेन्सले गरेको छ। त्यस्तै यो संस्थाले २०२५ मा पुग्दा कुन देशको ब्याट्री उत्पादन क्षमता कतिले विस्तार हुन्छ भन्ने अनुमानित तथ्यांक समेत सार्वजनिक गरेको छ। 

यस्तो हुने छ २०२५ मा १० देशको उत्पादन क्षमता

चीन- ९४४ जीडब्लूएच (६५.२ प्रतिशत)

जर्मनी- १६४ जीडब्लूएच (११.३ प्रतिशत)

अमेरिका- ९१जीडब्लूएच (६.३ प्रतिशत)

पोल्यान्ड- ७० जीडब्लूएच (४.८ प्रतिशत)

हंगेरी- ४७ जीडब्लूएच (३.२ प्रतिशत)

स्वीडेन- ३२ जीडब्लूएच (२.२ प्रतिशत) 

फ्रान्स- ३२ जीडब्लूएच (२.२ प्रतिशत)

दक्षिण कोरिया- १८ जीडब्लूएच (१.२ प्रतिशत)

जापान- १७ जीडब्लूएच (१.२ प्रतिशत)

बेलायत- १२ जीडब्लूएच (०.८ प्रतिशत)

बाँकी देश- २० जीडब्लूएच (१.४ प्रतिशत) 

यो अनुमानित तथ्यांक अनुसार ब्याट्री उत्पादनमा सबैभन्दा धेरै वृद्धि जर्मनीले गर्ने छ। यो अनुमान मिलेमा जर्मनीले २०२१ को तुृलनामा २०२५ मा पुग्दा ब्याट्री उत्पादन क्षमता १५ गुणा बढाउने छ। अमेरिकाले दोबर बढाउने छ भने चीनले उत्पादन हिस्सा केही गुमाएपनि ६५ प्रतिशतका साथ अग्रणी नै हुनेछ। 

२०३० सम्म पुग्दा ब्याट्री उत्पादकहरूबाट हुने लिथियमको माग ३० लाख टन हुनेछ। २०२० मा ब्याट्री उत्पादकबाट लिथियमको माग जम्मा ८२ हजार टनमात्र भएको थियो। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend