शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चितवनमा धान उत्पादनमा वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
चितवनमा धान उत्पादनमा वृद्धि

बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको छ।

चितवन- चितवनमा यसवर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४ सय ८० मेट्रिकटन बढी धान उत्पादन भएको हो।

कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३ सय २४ दशमलव ९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ। बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उनले बताए।

गत वर्ष चितवनमा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो। हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो। समयमा पानी पाइनु र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको हो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend