शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फेरि गठन भयो भूमि आयोग, अध्यक्ष बने केशव निरौला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
फेरि गठन भयो भूमि आयोग, अध्यक्ष बने केशव निरौला

मंगलबारको मन्त्रिपरिषद् बैठकले गठन गरेको ‘राष्ट्रिय भूमि आयोग, २०७८’ को अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको हो।

काठमाडौं- सरकारले सुकुम्बासी समस्या समाधानका लागि फेरि नयाँ आयोग गठन गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले गठन गरेको ‘राष्ट्रिय भूमि आयोग, २०७८’ को अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको हो।

त्यस्तै आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ। निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्। 

उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको भूमि आयोग शेरबहादुर देउवा प्रधानमन्त्री बने लगत्तै खारेज गरेको थियो।

 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१३:३९
  • सम्बन्धित विषय:

  • # भूमि आयोग
  • # केशव निराैला
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend