बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित

शुक्रबार, कात्तिक १४ २०८२
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित

पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन्।

रसुवा- पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन्।

दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ। गोसाइँकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबीच रमाइरहेको जानकारी दिए।

खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खानबस्न कुनै समस्या नभएको लाङ्टाङ पदमार्गका व्यवसायीले बताएका छन्।

यसैबीच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङ्टाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ। हिमपातसँगै अत्यधिक चिसो हुनेहुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुटजुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

तपस्वी बाबा विजयका अनुसार  समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा अहिले छ इञ्च बाक्लो हिमपात भएको भएको छ।

गोसाइँकुण्ड जाने बाटोमा पर्ने लौरीविनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक  पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend