शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काटिसकेको धान वर्षाले भिजायो, चिन्तामा किसान

बिहीबार , कात्तिक १३ २०८२
काटिसकेको धान वर्षाले भिजायो, चिन्तामा किसान

तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो।

रामेछाप- भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन्। तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो।

मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरुले धान काटेको मन्थली-७ कि किसान सरिता ढुंगेलले बताइन्।

धान झार्नका  लागि आफूहरुले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिइ बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन्।

जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ। गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ। यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो। 

गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यसवर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं-६ का किसान विमला ढुंगेलले चिन्ता व्यक्त गरिन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend