शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

बुधबार, कात्तिक १२ २०८२
आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ।

कञ्चनपुर- मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ। आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन्। आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ।

बेदकोट नगरपालिका-१ का किसान गोपाल रानाले तीन दिनअघिमात्र पाँच कठ्ठामा आलु रोपेको बताए। 'वर्षा होलाजस्तै छ', उनले भने, 'वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हुँदा उत्पादनमा असर पर्छ।'

वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताए।

कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ। पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन्। सिँचाइ प्रणालीमा सुधार र मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend