शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

बुधबार, कात्तिक १२ २०८२
पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो।

पर्वत- यसवर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ। कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो।

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो। फलेवास नगरपालिका-६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपक्षी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ।

पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ। अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आईआर १६, एल ७०४ र आईआर १६, ए ३७०८, आईआर २२८ एल, आईआर १३/२०८४, एसभीआईएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो।

यसैबीच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए। धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए।

गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा आठ लाख रूपैयाँ बराबरको बिक्री भएको थियो। 

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतंकजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छिन्।

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो। रासस


प्रकाशित : बुधबार, कात्तिक १२ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend