शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कमिसन नबढाएपछि पेट्रोप पम्पले उठाएनन् इन्धन

शुक्रबार, फागुन २० २०७८
कमिसन नबढाएपछि पेट्रोप पम्पले उठाएनन् इन्धन

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल पम्महरुलाई दिँदै आएको कमिसन नबढाएपछि इन्धन उठाउन छाडेका छन्। निगमले बढेको मूल्य अनुसार कमिसन समेत बढाउने गरेको थियो।

तर निगमले बिहीबार इन्धनको मूल्य समायोजन गरेर पनि कमिसन तत्कालको अवस्थामा यथावत राख्ने निर्णय गरेसँगै पम्पहरुले इन्धन उठाउन छाडेका छन्।

निगम प्रवक्ता विनितमणी उपाध्याले अहिले कमिसन काटने भन्दा पनि पुरानो कमिसनलाई नै यथावत राख्ने निर्णय भएको बताए। कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्प व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

जसका कारण पम्पहरुमा तेल अभाव हुने अवस्था सिर्जना भएको छ।


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend