शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विलाशी कार बिक्रीमा मर्सिडिजलाई पछि पार्दै बीएमडब्लू पहिलो

बिहीबार , फागुन १९ २०७८
विलाशी कार बिक्रीमा मर्सिडिजलाई पछि पार्दै बीएमडब्लू पहिलो

योसँगै बीएमडब्लू विलाशी कार बिक्रीमा मर्सिडिज बेन्जलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो। 

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। २०२१ मा बीएमडब्लूले २२ लाख कार बिक्री गरेको हो। योसँगै बीएमडब्लू विलाशी कार बिक्रीमा मर्सिडिज बेन्जलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो। 

यो २०२१ मा बीएमडब्लू ब्रान्डका कारको मात्र संख्या हो। वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। कोरोना महामारीका कारण विश्वभर सेमिकन्डक्ट अभावका बाबजुत विलाशी कार निर्माता बीएमडब्लूले यो उपलब्धि हासिल गरेको हो। 

२०२१ मा बीएमलडब्लूले २२ लाख विलाशी कार बिक्री गर्दै प्रतिस्पर्धी मर्सिडिजले २० लाख ५० हजारवटा कार बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। 

यसअघि बीएमडब्लूले २०१९ मा धेरै कार बिक्री गरेको थियो। २०२१ विश्वभर सेमिकन्डक्टर अभाव हुँदा इकोनामिक सेगमेन्टका उत्पाादकले भने धेरै नै समस्या झेलेका थिए। 

‘बीएमडब्लूले २०२१ मा वार्षिक बिक्री संख्यामा इतिहासकै धेरै कार बिक्री गरेको हो,’ बीएमडब्लूले भनेको छ, ‘२०२१ मा बीएमडब्लूले २२ लाख कार बिक्री गरेको हो। यो विश्वको प्रिमियम कार बजारमा बीएमडब्लूको अग्र स्थान पनि हो।’ 

बीएमडब्लू ग्रुप अन्तर्गत मिनी र रोल्स रोयस ब्रान्ड पनि छन्। २०२२ मा बीएमडब्लूका साथै मिनी र रोल्स रोयस ब्रान्डले समेत कार बिक्रीमा राम्रो प्रगति गरेका छन्।

बीएमडब्लूका कार नेपाली बजारमा समेत उपलब्ध रहेका छन्। लक्ष्मी प्रिमियमले बीएमडब्लूका विभिन्न मोडलका कार उपलब्ध गराउँदै आएको छ। कम्पनीले काठमाडौंको तीनकुनेमा विश्वस्तरीय प्रिमियम सोरुम स्थापना गरेको छ। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend