शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कागती बिक्री गरेर तीन लाख आम्दानी

बुधबार, कात्तिक ५ २०८२
कागती बिक्री गरेर तीन लाख आम्दानी

अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन्। 'व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छ', उनले भने, 'अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु साना बिरुवा पनि विस्तार गरेको छु। ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ।'

भोजपुर- यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ। घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताए।

अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन्। 'व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छ', उनले भने, 'अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु साना बिरुवा पनि विस्तार गरेको छु। ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ।'

छ वर्षअघिबाट फलफूलखेती सुरु गर्नुभएका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन्। एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बालीखेतीमा जोड दिएको उनको भनाइ छ।

'एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु', उनले भने, 'कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु।'


फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ।

'पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ', अध्यक्ष राईले भने, 'यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन्। गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ।'

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताउएका छन्। किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ। 'वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूलखेतीमा प्रोत्साहन दिइरहेका छौँ', उनले भने। रासस


प्रकाशित : बुधबार, कात्तिक ५ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend