शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

समपुरक योजनाका लागि चार करोड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
समपुरक योजनाका लागि चार करोड

काठमाडौं‌- बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन  भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप ४ करोड ६८ लाख ४५ हजार रूपैयाँ भुक्तानी दिने निर्णय गरेको छ।

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा  कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए।
 
साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ। सबै मन्त्रालयमा  खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको उनले जानकारी दिए।

यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend