शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बक्यौता नतिरेसम्म गल्फ एयरले उडानअनुमति नपाउने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
बक्यौता नतिरेसम्म गल्फ एयरले उडानअनुमति नपाउने 

गल्फले सन् २००४ देखि २०१३ को मार्चसम्म काठमाडौंमा उडान गरेको थियो।

images
images

काठमाडौं- बहराइनको राष्ट्रिय ध्वजाबाहक गल्फ एयरले बक्यौता नतिरेसम्म नेपालमा उडान अनुमति नपाउने भएको छ। 

images
images
images

गल्फ एयरले उडान अनुमतिका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो। गल्फले आवेदन दिएपछि मन्त्रालयले रायका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेको थियो। 

images
images

प्राधिकरणले मन्त्रालयलाई जवाफ लेख्दै गल्फले यसअघि उडान गर्दाको विमानस्थल सेवाशुल्क बुझाउन बाँकी रहेको र सो रकम नबुझाएसम्म अनुमति दिन नहुने राय पठाएको छ। 

images
images

गल्फले यसअघि उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई १ करोड ८६ लाख रुपैयाँ नुबझाइ नेपालमा उडान बन्द गरेको थियो। उडान नै बन्द गरेपछि विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गरेर मात्र बसेको थियो। 

गल्फले सन् २००४ देखि २०१३ को मार्चसम्म काठमाडौंमा उडान गरेको थियो। त्यतिबेला उडान गर्दा गल्फले विमानस्थललाई बुझाउनुपर्ने रकम सबै बुझाएको थिएन। सोही रकम बुझाएपछि मात्र अहिले उडान अनुमति दिन मिल्ने प्राधिकरणले राय पठाएको छ। 

प्राधिकरणको यो रायपछि मन्त्रालयले गल्फलाई पहिलेको बक्यौता भुक्तानी गरेपछि मात्र स्वीकृति दिने छ। मन्त्रालयको स्वीकृतिपछिमात्र गल्फले उडान अनुमतिका लागि प्राधिकरण तथा विमानस्थल कार्यालयमा  प्रक्रिया अघि बढाउने छ। 

 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend