शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

बिहीबार , असोज ३० २०८२
बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

अविरल वर्षापछि आएको बाढीले झापामा एक हजार ६४४ दशमलव ३३ मेट्रिकटन धान नष्ट गरेको छ।

झापा- यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ। 

कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार रूपैयाँबराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिकटन धान नष्ट गरेको जानकारी दिए।

'बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन', उनले भने, 'पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ।'

वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ। बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए। उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए।

यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको पाँच करोड १४ लाख ४७ हजार रूपैयाँबराबरको धान, आलु र केरा नष्ट भएको छ। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend