शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय कार उत्पादन बढाउन हुन्डाईले १६ अर्ब डलर लगानी थप्दै

बुधबार, फागुन १८ २०७८
विद्युतीय कार उत्पादन बढाउन हुन्डाईले १६ अर्ब डलर लगानी थप्दै

कोरियाली कम्पनी हुन्डाईले २०३० सम्ममा विद्युतीय कार बिक्रीबाट कुल नाफाको १० प्रतिशत वा त्यो भन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ।

काठमाडौं- दक्षिण कोरियाली कार उत्पादक हुन्डाई मोटरले विद्युतीय सवारी उत्पादन विस्तारका लागि १६.१० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। हुडाईले यो लगानी २०३० सम्म गरिसक्ने जनाएको छ। 

हुन्डाईले २०३० सम्म समग्रमा ७९.२१ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बुधबार सार्वजनिक गरेको हो। हुन्डाई मोटर्स विश्वको टप टेन सवारी उत्पादक कम्पनी हो। किया कर्प हुन्डाईको भगिनी कम्पनीको रुपमा रहेको छ। 

हुन्डाईले २०३० सम्ममाा विश्वको विद्युतीय कार बजारमा आफ्नो हिस्सा ७ प्रतिशत पुर्‍याउने लक्ष्य सहित लगानी विस्तारको योजना ल्याएको हो। २०३० सम्ममा हुन्डाईले वार्षिक १८ लाख ७० हजार विद्युतीय सवारी बिक्री गर्ने योजना बनाएको छ। 

कोरियाली कम्पनी हुन्डाईले २०३० सम्ममा विद्युतीय कार बिक्रीबाट कुल नाफाको १० प्रतिशत वा त्यो भन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ। हुन्डाईले विद्युतीय सवारीमा १६ अर्ब डलर लगानी गर्ने योजनालाई आक्रामक हुने योजना अघि सारेको हो। 

हुन्डाईको प्रतिस्पर्धीको रुपमा रहेको जापानी कार उत्पादक कम्पनी टोयोटाले २०३० सम्ममा विद्युतीकरणका लागि ६९.४३ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend