शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ। 

'फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ', मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend