शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जिपको पूर्ण विद्युतीय गाडी सार्वजनिक, नेपालमा पनि आउने

बुधबार, फागुन १८ २०७८
जिपको पूर्ण विद्युतीय गाडी सार्वजनिक, नेपालमा पनि आउने

काठमाडौं- विश्वकै चौथो ठूलो अटोमोबाइकल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्री-इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो।

अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिनेछ र त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि आउने छ। यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुनेछ। 

मंगलबार सार्वजनिक गरिएको पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ। फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ विद्युतीय भन्ने बुझिन्छ। पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो रहेको छ। 

जिपको इभिलाई सीईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन्। उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए। त्यसैले जिपका सीईओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याइसक्ने जानकारी दिए। यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने पनि बताए।

जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभि विक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ। 

यसअघि स्टेलेन्टिससले आफ्नो यूएस लाइनअपमा र्‍यांग्लर र ग्रान्ड चेरोकीको फोर बाई ई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend