शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एक लाखनजिक पुग्यो सुनको मूल्य, एकैदिन १९ सयले बढ्यो

images
बुधबार, फागुन १८ २०७८
images
एक लाखनजिक पुग्यो सुनको मूल्य, एकैदिन १९ सयले बढ्यो

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ। हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ।

images
images

काठमाडौं- सुनको मूल्य तोलमा १ हजार ९ सय रुपैयाँले बढेको छ। बुधबार सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

मंगलबार तोलामा ६ सय रुपैयाँले घटेको सुन बुधबार ९९ हजार ५ सय रुपैयाँ पुगेको हो। 

images
images

यस्तै बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो। 

images
images

यसका साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend